काठमाडौं । सरकारले घरेलु टोली यूएईविरुद्धको एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने भएको छ ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सोमबार बसेको मन्त्रीपरिषद बैठकले घरेलु टोली यूएईविरुद्धको एक दिवसीय र टि–२० अन्तराष्ट्रिय क्रिकेट श्रृखंला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही ५ लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको जानकारी दिए ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले खेलाडीहरुको योगदानको उचित सम्मान गर्न त्यसको पूर्वाधार विकासमा जोड दिईरहेको स्पष्ट पारे ।
मन्त्री विश्वकर्माले नयाँ पुस्तालाई पनि खेलकुद क्षेत्रमा आकर्षित गर्ने गरी खेलकुद क्षेत्रको विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । सरकारले खेलकुद क्षेत्रको विकासबाट मुलुकलाई समृद्ध बनाउन चाहेको बताए ।
मन्त्री विश्वकर्माले नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकपछि अर्को सफलता हासिल गर्दै गएकोमा आभार व्यक्त गरे । यूएईविरुद्धको एक दिवसीय र टि २० क्रिकेट सिरिज २१ ले जितेको थियो ।
पहिलो पटक एकैसाथ दुई अन्तर्राष्ट्रिय उपाधी जितेको नेपाली क्रिकेट टोली सोमबार स्वदेश फकिएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो । क्रिकेट ईतिहासमा पहिलो पटक खेलाडीको स्वागतका लागि रातो कार्पेट विछ्याईएको थियो ।
दुई उपाधी जितेसँगै नेपालले ३ लाख १० हजार रुपैयाँ नगद पुरस्कार पाएको थियो । क्रिकेट ईतिहासमा अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधी जितेसँगै नगद पुरस्कार पाएको पहिलो पटक हो । उक्त रकम प्रदेश खेलाडीलाई बाडिने राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ ।





























प्रतिक्रिया