काठमाडौं । पोखरा कपको छैठौं संस्करण मनकामना केबुलकार कप २०७५ मा सहभागी हुन बसन्त गौचनको नेतृत्वमा एक टोली नेपाल आएको छ । गौचन नेतृत्वको टोलीमा जापानको रिस्सो विश्वविद्यालयको फुटबल टिम नेपाल आईपुगेको हो ।
उक्त टोलीलाई कास्की एन्फाका दिपक न्यौपाने, नेपाल फेसन फेडरेशनका अध्यक्ष नविन लुईटेल र फेसन डिजाईनर एशोसिएसनका सदस्य प्रेम देवले स्वागत गरेका थिए ।
नेपाल आईपुगेको रेस्सो युनिभर्सिटीको टोलीले माघ २२ गते काठमाडौंको ब्रिगेट ब्वाईज क्लबसँग प्रतिस्पर्धा गर्नेछ । टोलीले उपाधी जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने योजना बनाएको छ ।
प्रतियोगितामा नेपालका उत्कृष्ट ९ क्लव मनाङ मस्याङदी क्लव, संकटा क्लव, थ्रि स्टार क्लव, नेपाल आर्मी, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी बलको एपिएफ, हिमालयन सेर्पा, च्यासल क्लब, ब्रिगेड ब्वाईज क्लव रहेका छन्। त्यसैगरी आयोजकको पोखरा ११, रिस्सो युनिर्भसिटी जापान सँगै डफिन्स टिम फेमेली क्यामरुन प्रतियोगितामा सहभागिता जनाईरहेका छन् ।
प्रतियोगिताको विजेतालाई उपाधिसहित ७ लाख ५५ हजार रुपैयाँ तथा उपबिजेतालाई ४ लाख ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीलाई मोटरसाईकल र प्रतियोगिताको अवसरमा फुटवल खेलमा योगदान दिने एक जना खेलाडीलाई पुरस्कार स्वरुप मोटरसाइकलसहित सम्मान गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिने एन्फा कास्कीका महासचिब रमेश कार्कीले जानकारी दिए । मनकामना केबुलकारको मुख्य प्रायोजन रहेको प्रतियोगिताबाट एक करोड २८ लाख आम्दानी हुनेछ । प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड १७ लाख खर्च लाग्नेछ ।





























प्रतिक्रिया