काठमाडौँ । निकै महत्त्वकांक्षाका साथ हेरिएको नेपाली क्रिकेटकै सबैभन्दा ठूलो घरेलु क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग अर्थात् एनपीएलले विश्वकै ध्यान खिचेको छ ।
एनपीएलको रौनकले नेपाली खेलकुद क्षेत्र मात्र नभई बजार–व्यवसाय, कलाकारिता क्षेत्रदेखि अर्थतन्त्र नै तताएको भन्दा फरक नपर्ला ।
नेपाल सरकारले नेपाली खेलकुदमा खासै लगानी गरेको छैन, गरे पनि पर्याप्त गरेन । अनि खेलको विकास र विस्तारमा चाहिँदो योगदान नै दिएन भनिरहेका बेला एनपीएल एउटा गतिलो जवाफ बनेको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल)को सिको गर्दै विश्व क्रिकेटमा धेरै फ्रेन्चाइज क्रिकेट प्रतियोगिता सुरु भएका छन् । नेपाल पनि त्यही बाटोमा छ । आईपीएलको पहिलो संस्करण सन् २००८ मा भएको थियो । त्यसको १६ वर्षपछि हुन लागेको एनपीएलमा जम्मा ८ ओटा टोलीहरु सहभागी रहेका छन् ।
त्यसमध्ये सहभागी सबैजसो टोलीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी भित्र्याइसकेका छन् भने केहीको मात्रै बाँकी रहेको छ । जसमध्ये केन्द्रबिन्दुले अब प्रत्येक दिन एक–एक क्लबको रिपोर्ट प्रस्तुत गर्नेछ । जसअन्तर्गत आज हामीले सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किंग्सका बारेमा विस्तृत रिपोर्ट तयार गरेका छौं । हेरौं एक रिपोर्ट































प्रतिक्रिया