काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही ५-अन्डर ६७ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहेका छन् ।
उनले नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी र सुनिल केसीलाई एक स्ट्रोकले पछि पारे । ४-अन्डर ६८ सहित भुवन नगरकोटी र सुनिल केसी संयुक्त रूपमा दोस्रो स्थानमा रहे ।
३-अन्डर ६९ को स्कोरमा कृष्णमान राजबाहक चौथो स्थानमा रहे। यस्तै २-अन्डर ७० सहित एमेच्योर खेलाडी राहुल विश्वकर्मा समग्रमापाँचौ तथा एमेच्योतर्फ शीर्षस्थानमा छन। यसैगरी भुवन कुमार रोक्कार राजेन्द्र श्रेष्ठ प्रधानले छैटौं स्थान बाँडे। उनीहरूले १-अन्डर ७१ स्कोर प्राप्त गरे । इभन-पार ७२ को स्कोरमा निरज तामाङ, धन बहादुर थापा, रमेश अधिकारी, राजेन्द्र थापा मगर र प्रदिप कुमार लामा संयुक्त रुपमा आठौं स्थानमा रहेका छन् ।
गोकर्ण गल्फ क्लबमा सिजनको पहिलो प्रतियोगिताको पहिलो दिन तोरणले ५-अन्डर ६७ को स्कोर दर्ज गर्ने क्रममा फ्रन्ट नाइन ३-अन्डर३३ मा सकाए । बोगीरहित फ्रन्ट नाइन खल्ने क्रममा उनले तेस्रो, सातौंर नवौं होलमा बर्डी प्रहार गरे। यसपछि दशौं होलमा एक सट खेर फाले। तर यसपछि १२औं, १३औं र १५औं होलमा एक-एक सटबचाएर ब्याक नाइन २-अण्डर ३४ मा सकाए । यसरी पहिलो दिन ६बर्डी र एक बोगी प्रहार गर्दै तोरण पहिलो दिन शीर्ष स्थानमा रहे ।
नेपाल नम्बर एक भुवनले पहिलो, तेस्रो र सातौं होलको बर्डीले फ्रन्टनाइन ३-अन्डर ३३ मा सकाए । उत्कृष्ट सुरूवात गरेका भुवनले ब्याकनाइनमा भने तीन बर्डी प्रहार गरेपनि दुई बोगी खेपे । ब्याक नाइनमा १-अन्डर ३५ को स्कोर निकाले। उनले १०औं, १६औं र १७औं होलमाएक-एक सट बचाए। १४औं र १८औं होलमा बोगी प्रहार गरे ।
सुनिल केसीले सुरूवात राम्रो गर्न सकेनन् । उनले फ्रन्ट नाइन १-ओभर३७ मा सकाए। पाँचौं र छैटौं होलमा बोगी प्रहार गर्दा सातौं होलमाएक सट बचाए। यसपछि ब्याक नाइनमा लोभलाग्दो प्रदर्शन गरे । ११औं देखि १४औं होलमा लगातार चार बर्डी प्रहार गरे भने १८औं होलमा पनि एक सट बचाए । ब्याक नाइन ५-अन्डर ३१ मा पुरा गर्दा ४-अन्डर ६८ को स्कोर कार्ड तयार पारे ।
एमेच्योरतर्फ राहुल २-अन्डरको स्कोरमा विजय श्रेष्ठ आइन हाउसलाई ३ स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा रहे। १-ओभर ७३ सहित विजय दोस्रो स्थानमा छन् । डिफेन्डिङ च्याम्पियन तथा दाबेदार सद्भाव आचार्य भने २-ओभर ७४ सहित तेस्रो स्थानमा छन् ।
चार दिनसम्म चल्ने प्रतियोगितामा ३४ प्रोफेसनल र तीन वा तीन भन्दाकम ह्यान्डी क्याप भएका १३ खेलाडीले उपाधिका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् । ३६ होलपछि कट लागू हुनेछ । उत्कृष्ट २१ प्रोफेसनल तथा एमेच्योर खेलाडीले मात्र अन्तिम दुई दिनको लागीस्थान सुरक्षित गर्नेछन् । प्रतियोगिताको कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको छ । जहाँ विजेताले १ लाख ५० हजार, तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमशः १ लाख र ७५ हजार प्राप्त गर्नेछन् ।































प्रतिक्रिया