विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई पनि हरायो

विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई पनि हरायो

केन्द्रबिन्दु
234
Shares

काठमाडौं । पाकिस्तानमा जारी नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई पनि हराएको छ । प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो ।

नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १ सय ८७ रनमात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले नटआउट १ सय रन बनाए ।तर, जिताउन सकेनन् ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो । नेपालका नरेश चौधरीले ८०, सागर लामाले ४०, पदम बडैलाले ३४ रन बनाए ।

नेपालले यसअघि अफगानिस्तानलाई एक सय आठ रनले पराजित गरेको थियो । यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग तथा दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो ।

दृष्टिबिहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र दक्षिण अफ्रिका सहभागी छन् ।

Logo