५० लाख नेपालीले एक एक हजार दिँदा ५ अर्ब जम्मा, रंगशाला बनाउन ३ अर्ब मात्र

५० लाख नेपालीले एक एक हजार दिँदा ५ अर्ब जम्मा, रंगशाला बनाउन ३ अर्ब मात्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । ‘धुर्मुस-सुन्तली’ फाउण्डेशनले चितवनमा रंगशाला बनाउने प्रक्रिया थालिएसँगै आर्थिक सहयोग जुट्न सुरु भएको छ । त्यसको लागि बुधबार धुर्मुस सुन्तली फाउण्डेशन र चितवनको भरतपुर महानगरपालिकाबीच एक सम्झौता भएको छ ।

अबको अढाई वर्षमा निर्माण सकेर हस्तान्तरण गर्ने फाउण्डेशनको योजना रहेको छ । ३ अर्बको लागतमा बन्ने उक्त गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण जनस्तरबाटै सहयोग जुटाएर गरिनेछ । त्यसको सहयोग जुट्ने क्रम सुरु भईसकेको धुर्मुसु सुन्तली फाउण्डेशनसले जनाएको छ ।

सहयोगको लागि फाण्डेशनले सार्वजनिक आह्वान पनि जारी गरेको छ । एक अभियान्त कुमार कट्टेल जिग्री ले ५० लाख नेपालीले पनि एक एक हजारका दरले सहयोग गरे ५ अर्ब रुपैयाँ संकलन हुने बताएका छन् ।

तर रंगशाला बनाउन ३ अर्ब रुपैयाँ मात्र लाग्नेछ । यदि नेपालीहरुले चाहेमा कुनै पनि कुरा गर्न सक्छन भन्ने यसअघिका विभिन्न कार्यक्रमबाट पाठ सिकिएको उनको भनाई छ ।

विश्वको पहिलो जननिर्मित अन्तराष्ट्रिय क्रिकेट रंगशाला गौतम बुद्ध क्रीकेट स्टेडियम बनाउन तन मन र बचनले साथ दिन उनको सबैमा आग्रह छ । क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग गर्न नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नं. ०४००१०३०२५८७५३ वा फाउण्डेशनको सम्पर्क नं. ०१ ४४८२९७१ मा सम्पर्क गर्न सकिनेछ ।

Logo