नेपाललाई १०८ रनको चुनौती

नेपाललाई १०८ रनको चुनौती

केन्द्रबिन्दु
0
Shares

युएइमा जारी टी २० सिरिजको  दाेस्राे खेलमा घरेलु टाेली यूएईले नेपाललाई १०८ रनको चुनौती दिएको छ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर ब्याटिङ राेजेकाे युएइले १९.२ ओभरमा सबै विकेट गुमाएर  १०७ रन बनाएको हो।  खेलमा नेपालका अविनाश बोहोराले ३,  सोमपाल कामीले २,  करण केसीले २, सन्दिप लामिछानेले २ विकेट लिए।

युएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन बनाए। यस्तै साइमन अनवारले १४ रन बनाउँदा मोहम्मद बोता ११ रनमा आउट भए ।

Logo