काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्टसलाई पहिलो सफलता मिलेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर बलिङमा उत्रिएको जनकपुरले विराटनगर किङ्सविरुद्ध पहिलो विकेट लिएको हो । खेलको दोस्रो ओभरको पहिलो बलमा जनकपुरका ललित राजवंशीले विराटनगरका ओपनर लोकेश बमलाई ५ रनमै आउट गरेका हुन् । उनले ६ बल खेले तर एक चौकाको मदतमा ५ रन मात्रै जोड्न सके ।
हाल मार्टिन गप्टिल क्रिजमा छन् ।





























प्रतिक्रिया