काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किङ्सका अर्धशतक प्रहार गरिसकेका मार्टिन गप्टिल आउट भएका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा जनकपुर बोल्टसविरुद्ध न्यूजिल्यान्डका पूर्वओपनिङ ब्याटर गप्टिल ४३ बलमा ५५ रन बनाउँदै आउट भएका हुन् । उनले ७ चौका र एक छक्का प्रहार गरे । एनपिएलमा अर्धशतक प्रहार गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।
गप्टिल टी–२० फम्यार्टमा खतरनाक मानिन्छन्। सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका उनी टी–२० आईमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पाँचौं नम्बरमा छन्। विराटनगरको ब्याटिङ धेरै हदसम्म गप्टिलमा निर्भर रहेको आजबाटै पुष्टि भएको छ । तर, खेलको १४.१ ओभरमा हर्ष ठाकरले उनलाई आउट गरेका हुन् । ठूलो सट खेल्ने धुनमा उनी जनकपुरका कप्तान अनिल शाहबाट क्याच आउट भएका हुन् ।































प्रतिक्रिया