काठमाडौंले चितवनलाई दियो ११२ रनको विजयी लक्ष्य, तनवीर एक्लैले लिए ५ विकेट

काठमाडौंले चितवनलाई दियो ११२ रनको विजयी लक्ष्य, तनवीर एक्लैले लिए ५ विकेट

केन्द्रबिन्दु
21
Shares

नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत काठमान्डु गुर्खाजले चितवन राइनोजलाई ११२ रनको विजयी लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले काठमान्डु गुर्खाजलाई सस्तैमा समेट्ने क्रममा सोहेल तानभीर एक्लैले पाँच विकेट लिएका छन् । सोहेलले ४ ओभरमा ५ को इकोनोमीमा २१ रन मात्र दिएर ५ विकेट लिएका हुन् ।

यसैगरी चितवनका लागि रिजन ढकाल, लुक बेनकेन्स्टेन, अमर रौतेला र कुशल मल्लले एक–एक विकेट लिए ।

काठमान्डु गुर्खाजका लागि सुमित महर्जनले २९ रन बनाए भने माइकल लेभिटले २५ रन बनाए । यसका साथैं डेनियल डथवेटले १९ रन बनाए भने शंकर राणाले १६ रन बनाउनु बाहेक काठमान्डु गुर्खाजका लागि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

शनिबार भएको एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्टस्‌ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

Logo