नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत ११२ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको चितवनले काठमान्डु गुर्खाजविरुद्ध दोस्रो विकेट गुमाएको छ ।
दोस्रो विकेटका रुपमा चितवनले हसन इसाखिलको विकेट गुमाएको हो । पहिलो विकेटका रुपमा चितवनले दिपक वोहोराको विकेट गुमाइ सकेको छ । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले काठमान्डु गुर्खाजलाई सस्तैमा समेट्ने क्रममा सोहेल तानभीर एक्लैले पाँच विकेट लिएका थिए् । सोहेलले ४ ओभरमा ५ को इकोनोमीमा २१ रन मात्र दिएर ५ विकेट लिएका हुन् ।
यसैगरी चितवनका लागि रिजन ढकाल, लुक बेनकेन्स्टेन, अमर रौतेला र कुशल मल्लले एक–एक विकेट लिए ।





























प्रतिक्रिया