पोखरा एभेन्जर्सको हरिबिजोग, ७ रन बनाउँदा ६ विकेट गुमायो

पोखरा एभेन्जर्सको हरिबिजोग, ७ रन बनाउँदा ६ विकेट गुमायो

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्स संकटमा परेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले ४ ओभरमा मात्र ७ रन जोड्दा ६ विकेट गुमाएको हो । पहिलो ओभरमै तीन विकेट गुमाएको पोखराले चौथो ओभरमा रिजन ढकालले थप तीन विकेट लिएका हुन् । पाकिस्तानका सोहेल तनविरले पोखरा एभेन्जर्सविरुद्ध पहिलो ओभरमै ३ विकेट लिएका हुन् । उनको यो धारिलो बलिङमा कोही टिक्न सकेनन् । उनले कप्तान कुशल भूर्तेल, बास डे लीडे र दिलीप नाथलाई आउट गरेका थिए ।

त्यसपछि ढकालले किरण ठगुन्ना, माइकल लिस्क र दिनेश खरेललाई आउट गरेका हुन् । यो एनपीएलकै खराब सुरुवात हो ।

Logo