एसिया कपमा सहभागी नेपाली टोली स्वदेश फर्कियो

एसिया कपमा सहभागी नेपाली टोली स्वदेश फर्कियो

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा संयुक्त अरब इमिरेट्स (युएई) मा जारी पुरुष यु–१९ एसिया कप–२०२४ सहभागी भई नेपाली टोली स्वदेश फर्किएको छ ।

पुरुष यु–१९ एसिया कपका खेलहरू खेलेर नेपाली टोली बुधबार साँझ स्वदेश फर्किएको हो ।

एसिया कपमा तीन खेल खेलेको नेपाली टोलीले एक खेलमा जीत हासिल गरेको थियो । नेपालले मङ्गलबार अफगानिस्तानलाई भने एक विकेटले पराजित गर्दै सान्त्वना जित निकालेको थियो । नेपालले पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित हुँदै एसिया कपबाट बाहिरिएको हो ।

हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली युएई गएको थियो । जसको उप–कप्तानमा अर्जुन कुमाल थिए । टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउँद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार रहेका थिए । यस्तै टोलीको प्रमुख प्रशिक्षक शक्ति गौचन र सहायक प्रशिक्षक धिरेन्द्र चन्द रहेका थिए ।

Logo