काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ ।
जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेका हुन् । सुरुवाती दुवै खेलमा जितेको जनकपुर त्यही लयलाई निरन्तरता दिन चाहन्छ।
जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो। पोखरा आफ्नो पहिलो खेलमा पराजित भएको थियो ।































प्रतिक्रिया