काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले अर्धशतकीय इनिङ खेले । उनले ३६ बलमा ३ चौका र ४ छक्काको मदतमा ५३ रन जोडे । पहिलो १० ओभरमा विष्फोटक ब्याटिङ गरेपनि दोस्रो १० ओभर राम्रो रहेन । कप्तान दीपेन्द्रसिंह ऐरीले ३ चौका र २ छक्काको मदतमा ४३ रन जोडे भने विनोद भण्डारी ३५ रन प्रहार गरेर आउट भए ।
जारी प्रतियोगितामा काठमाडौं गुर्खाजको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमध्ये काठमाडौँले एक खेलमा विजयी भएको छ भने एक खेलमा पराजय भोगेको छ । काठमाडौँ गुर्खाज पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा भने काठमाडौँले कर्णालीलार्ई तीन विकेटले हराएको थियो ।
त्यस्तै, जारी एनपिएलमा सुदूरपश्चिम रोयल्सको यो दोस्रो खेल हो । पहिलो खेलमै सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरूआत गरेको थियो ।





























प्रतिक्रिया