‘धुर्मुस-सुन्तली’ ले बनाउने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला यस्तो बन्दैछ

‘धुर्मुस-सुन्तली’ ले बनाउने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला यस्तो बन्दैछ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित हास्यकलाकार तथा समाजसेवी जोडी ‘धुर्मुस-सुन्तली’ ले चितवनमा क्रिकेट रंगशाला बनाउन लागेका छन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट जगतमा दिनप्रतिदिन महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको बेला ‘धुर्मुस-सुन्तली’ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन जुटेका हुन् । त्यसको सबै तयारी पुरा भएको छ ।

उक्त रंगशालाको औपचारिक उद्घाटन भोली (बुधबार) काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । ‘धुर्मुस-सुन्तली’ फाउण्डेशन मार्फत भरतपुर चितवनमा देशकै पहिलो अन्तर्राष्ट्रिय मापदण्डको बहुउद्देश्यीय, मौलिक, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिन लागेको हो ।

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को विशेस पहलमा उक्त रंगशाला निर्माण गर्न लागिएको हो । चितवनको भरतपुर महानगरपालिकाले रंगशाला बनाउनको आवश्यक पर्ने जग्गा दिएको छ ।

‘सम्बृद्धि सम्भव छ हाम्रै पाला, बनाऔं मिलि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ भन्ने मुल मन्त्रका साथ धुर्मुस सुन्तली अन्तर्राष्ट्रिय रंगशाला बनाउने अभियानमा जुटेका हुन् ।

भरतपुर महानगरपालिकाले उपलब्ध गराउने २० बिघा छ कठ्ठा जग्गामा रङ्गशाला बन्नेछ । रङ्गशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिन लागेको हो । रङ्गशालालाई एकेडेमिका रूपमा विकास गरिने लक्ष्य राखिएको छ ।

सो जग्गा रङ्गशाला निर्माणका लागि दुई विश्वविद्यालय र भरतपुर महानगरपालिकाबीच यस अघि नै सम्झौता भइसकेको छ । सामाजिक क्षेत्रमा सक्रिय फाउण्डेशनले नेपालमा रङ्गशाला निर्माण गर्ने जनाएसँगै स्वदेशी र विदेशी नेपालीहरू उत्साहित भएका थिए ।

कतिपय देशमा रङ्गशाला निर्माणका लागि रकम सङ्कलन समेत थालिएको थियो । औपचारिक घोषणा र सम्झौतापछि स्वदेश र विदेशमा रहेका नेपालीसँग आर्थिक सहयोग जुटाइने धुर्मुसको भनाई छ ।

राष्ट्रिय गौरवको यस अभियानमा सबैलाई साथ र सहयोगको लागि फाउण्डेशनले आह्वान गर्दै आएको छ । सरकार र जनताको सहभागितामा अन्तर्राष्ट्रियस्तरको पहिलो रङ्गशाला नेपालमा बन्न लागेको हो ।

धुर्मुस–सुन्तलीले भरतपुरमा बनाउने भए क्रिकेट रंगशाला, सहयोगको अपिल

Skip This
Skip This
Logo