काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीका लागि उनले ३५ बलमा ७ चौका र एक छक्काको मदतमा अर्धशतक पूरा गरेका हुन् ।
कमजोर सुरुवात गरेको लुम्बिनीका लागि उनको यो विष्फोटक ब्याटिङले राहत मिलेको छ । यसअघि लुम्बिनीले पहिलो पावर प्लेमै ३ विकेट गुमाएको थियो । ओपनरद्वय आशुतोष घिरैया, उन्मुक्त चन्दलाई शून्यमै गुमाएको लुम्बिनीले कप्तान रोहित पौडेललाई साथ दिइरहेका सन्दीप जोरा पनि १८ रनमा आउट भएका हुन् ।





























प्रतिक्रिया