काठमाडौं । यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयम खेलमा युएइले नेपाललाई २५५ रनको चुनौती दिएको छ।
टस जितेर फिल्डिङ रोजेको नेपाललले फराकिलो चुनौति पाएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको हो।
युएईका लागि साइमान अनवारले सर्वाधिक ८७ रन बनाए । त्यसपछि सिपी रिजवानसँग मिलेर साइमनले युएईको स्कोर २ सय रन कटाएका थिए।नेपालका लागि करन केसी र कप्तान पारस खड्काले २-२ तथा सन्दीप लामिछाने र सोमपाल कामीले १-१ विकेट लिए।
यसअघिको दोस्रो खेलमा नेपाल विजयी भएको थियो भने पहिलो खेलमा पराजित भएको थियो ।































प्रतिक्रिया