सैफको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

सैफको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । एनपीएलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि सैफ जैबले ९० रन बनाए । उनले ६१ बलमा अर्धशतक ६ चौका र ५ छक्का प्रहार गरे ।

कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए । ब्राण्डन म्याकमुलनले २३ र विनाद भण्डारीले १७ रनको योगदान गरे । आरिफ शेख भने शून्य रनमा आउट भए ।

लुम्बिनीका लागि रामोन सिमन्ड्सले २ तथा कप्तान रोहितकुमार पौडेल र विवेक यादवले १–१ विकेट लिए ।

Logo