काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले कमजोर ब्याटिङ गरेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याउने क्रममा १२ ओभरको खेल सकिँदासम्म विराटनगरले ५ विकेट गुमाएर मात्र ६६ रन बनाएको छ । ओपनरद्वय मार्टिन गप्टिल र लोकेश बम सस्तैमा समेटिँदा अप्ठ्यारोमा परेको विराटनगरले एकपछि अर्को विकेट गुमाउँदै आएको छ । लोकेशले ९ बलमै २ छक्काको मदतमा १९ रन जोडे । तर, गप्टिल ४ रन, अकिव इल्यास ८ रन, नरेश भट्ट ७ रन र बसिर अहमद ८ रनमा आउट भएका हुन् ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ३३ रन मात्रै बनाउन सक्यो । उसका लागि विलियम बोसिस्टोले ४९ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६६ रन बनाए । साथै ओपनर देव खनालले ४८ बलको सामना गर्ने क्रममा चार चौका र दुई छक्का प्रहार गर्दै ५३ रनको योगदान दिए ।
कर्णालीका पाँच ब्याटरले खाता नै खोल्न सकेनन् । गुलशन झा, सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र उनिश ठकुरी शून्य रनमा आउट भए । अघिल्ला दुई वटा खेलमा चम्केका ओपनर शिखर धवनले जम्मा पाँच रन बनाए । अन्य ब्याटर पनि आजको खेलमा चल्न सकेनन् ।
बिराटनगरका लागि प्रतीश जिशीले ह्याट्रिकसहित चार विकेट लिए । उनले खेलको २०औँ ओभर मेडन राख्दै चार विकेट लिए । साथै क्रिस सोल र बसिर अहमदले दसमान दुई विकेट लिए भने अकिब इलायसले एक विकेट लिए ।































प्रतिक्रिया