काठमाडौँ
आईसीसीले नेपाललाई ४ वर्षका लागि एकदिवसिय मान्यता दिएपछि अहिले नेपालले दोस्रो सिरिज खेलिरहेको छ ।
नेपाललाई आज नयाँ कीर्तिमान बनाउने अवसर रहेको छ । दोस्रो सिरिज जित्नका लागि आजको खेलमा यूएईविरुद्ध जित निकाल्न आवश्यक छ । पहिलो एक दिवसीय क्रिकेटमा ३ विकेटको हार ब्यहोरेको नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा १४५ रनको जित निकाल्दै श्रृंखलामा उत्कृष्ट पुनरागमन गरेको थियो ।
दोस्रो खेलको लयलाई निरन्तरता दिँदै आज पनि नेपालले प्रदर्शन गर्नसके पहिलो उपाधि जित्न धेरै कठिन हुने छैन । नेपाली टिम दोस्रो खेलमा गरेको प्रदर्शनबाट निकै उत्साहित देखिएको छ ।





























प्रतिक्रिया