जनकपुर बोल्ट्सको लगातार चौथो जित, लुम्बिनीले १ रनले गुमायो खेल

जनकपुर बोल्ट्सको लगातार चौथो जित, लुम्बिनीले १ रनले गुमायो खेल

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार चौथो जित दर्ता गरेको छ । शुक्रबार टीयु क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित दर्ता गरेको हो ।

जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी निर्धारित २० ओरमा सवै विकेट गुमाउँदै १३५ रनमा समेटिएको हो । बलिङ र ब्याटिङ दुवै पक्षमा मजबुद देखिएको जनकपुरको यो चौथो जित हो । यो जितले उसको प्लेअफ सम्भावना बलियो झनै बनेको छ । यसअघि जनकपुरले विराटनगर, कर्णाली याक्स र पोखरालाई पराजित गरेको थियो । जनकपुर तालिकामा ८ अंकसहित शिर्ष स्थानमा छ । यता लगातार ४ खेलमा हार व्यहाेरेकाे लुम्बिनीकाे प्लेअफ सम्भावना झनै कठिन भएको छ । यसअघि लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो । लुम्बिनी जितविहीन बन्ने एनपीएलको पहिलो टोली हो ।

जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३८ बलमा ३ चौकासहित सर्वाधिक ३५ रन बनाए । रोहित १ सय ८१ रनका साथ सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् । यसैगरी टम मुर्सले ३१ रन, अर्जुन साउदले २० रन तथा सन्दीप जोराले १६ रन जोडे।

अन्तिम बलमा जितका लागि २ रन आवश्यक रहेकोमा हर्ष ठाकरले सन्दीप जोरालाई आउट गराएपछि लुम्बिनीको हातैमा आएको खेल गुमेको हो ।

जनकपुरका लागि हर्ष ठाकरले सर्वाधिक ५ विकेट लिए । यसैगरी किशाेर महतो, शेर मल्ल र ललित राजवंशीले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । जनकपुरका कप्तान अनिलकुमार शाहले सर्वाधिक ४५ रन बनाए भने लाहिरु मिलान्था २४, आसिफ शेख १६, हर्ष थाकर १, जिमी जिशम १, मोहम्मद मोहसिन ३, शेर मल्ल ०, हेमन्त धामी ९ रनमा आउट भएका थिए । शुभ कंशाकार २२ रनमा अविजित रहे ।

बलिङतर्फ लुम्बिनीका अभिषेक गौतम ३, कप्तान रोहित पौडेल र साद विन जफर समान २–२ र सन्दीप जोराले एक विकेट लिए ।

Logo