बकैया । मकवानपुरको बकैया गाउँपालिकामा आयोजना भएको क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधी बकैया खेलकुद विकास समितिले जितेको छ ।
आइतबार वडा नम्बर–५ स्थित कर्माचुलीमा भएको फाइनल खेलमा आयोजक जन एकता क्लबलाई १–० गोलले हराउँदै बकैयाले उपाधी जितेको हो ।
बकैयाको जीतमा विपन श्रेष्ठले खेलको ६५ औं मिनेटमा निर्णायक गोल गरे । उनले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका हुन् ।
खेलको म्यान अफ द म्याच श्रेष्ठ घोषित भए । जीतसँगै बकैयाले १ लाख ११ हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आयोजकले ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट बकैयाका सुजन गुरुङ घोषित भए । उनले नगद ३ हजार रुपैयाँ प्राप्त गरे। मिडफिल्डर सुबराज गोले, सर्वाधिक गोलकर्ता अविशेक भोलन, गोलरक्षक जन एकताका सुजन बल र डिफेन्डर जन एकताकै सुशन वाइबा घोषित भए । अन्य विधागत उत्कृष्टले २–२ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा सर्लाहीको बागमती युवा क्लबलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै आयोजक फाइनलमा प्रवेश गरेको थियो भने शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा युग परिवर्तन बागमती गाउँपालिकालाई १–० गोलले हराउँदै बकैया फाइनलमा प्रवेश गरेको थियो ।































प्रतिक्रिया