काठमाडौँ । वेस्टइन्डिजका महान् पूर्वक्रिकेटर ब्रायन लारा नेपाल आउने भएका छन् ।
नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) को अवलोकनका लागि लारा नेपाल आउन लागेको जानकारी दिएका हुन् ।
खड्काले मंगलवार साँझ सामाजिक सञ्जाल एक्समार्फत लारा नेपाल आउने जानकारी गराए पनि उनी कहिले नेपाल आउने भनेर खुलाएका छैनन् । ट्रिनिडाड एन्ड टोबागोका महान् ब्याटर ५५ वर्षे लाराले ओडिआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान लाराकै नाममा छ ।





























प्रतिक्रिया