एनपीएलको पहिलो खेलमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्स भिड्दै

एनपीएलको पहिलो खेलमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्स भिड्दै

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्स भिड्दै छन् ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे शीर्ष स्थानको जनकपुर र एक मात्र खेलमा पराजित भएर दोस्रो स्थानमा रहेको सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने छ ।

एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ। जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुँदा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ।

दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाडौँ गुर्खाजबीच प्रतिस्पर्धा हुँदै छ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । काठमाडौँको कप्तानी करण केसीले गर्दै छन् भने लुम्बिनीमा रोहित पौडेल कप्तान छन् ।

Skip This
Skip This
Logo