सुदूरपश्चिमद्वारा जनकपुरलाई १२४ रनको लक्ष्य प्रस्तुत

सुदूरपश्चिमद्वारा जनकपुरलाई १२४ रनको लक्ष्य प्रस्तुत

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टस्लाई १२४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२३ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३, सैब जैबले २३ इशान पाण्डेले १७, ब्रान्डन म्याकमुलेनले ११ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जनकपुरका किशोर महतोले ४, शेर मल्ल र अरनिको यादवले दुईदुई तथा हर्श ठाकरले एक विकेट लिए ।

Skip This
Skip This
Logo