एनसेल फाउन्डेसनद्वारा एनपीएलका ३७५ चौका वापत १५०० शैक्षिक सामग्री वितरण गर्ने पक्का

एनसेल फाउन्डेसनद्वारा एनपीएलका ३७५ चौका वापत १५०० शैक्षिक सामग्री वितरण गर्ने पक्का

केन्द्रबिन्दु
57
Shares

काठमाडौँ । एनसेल फाउन्डेसनले बुधबारसम्म खेलिएका सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिएका कुल ३७५ चौका वापत १५०० वटा शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गर्ने पक्का भएको छ ।

यी सामग्रीहरू दुर्गम र ग्रामिण भेगका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई वितरण गरिने छ ।

गत बिहीबार क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका प्रत्येक चौका वापत चारवटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको थियो । बुधबारसम्म खेलिएका १९ वटा खेलहरूमा ७३ जना खेलाडीले कुल ३७५ वटा चौका प्रहार गरेका छन् ।

लुम्बिनी लायन्सका क्याप्टेन रोहितकुमार पौडेलले सबैभन्दा बढी २४ वटा चौका हानेर ९६ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन् । जनकपुर बोल्टका लाहिरु मिलन्थाले दोस्रो धेरै २२ चौकासहित ८८ शैक्षिक सामग्री र पोखरा एभेन्जर्सका आन्द्रियस गौसले १९ चौकाबाट ७६ शैक्षिक सामग्रीको वितरण पक्का गरेका छन् ।

यस पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ । विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्री जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, कटर, इरेजर लगायतका सामग्री समावेश हुनेछन् । यी सामग्रीले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान गर्ने विश्वास लिईएको छ ।

“यो एनपीएल हाम्रो देशमा क्रिकेट प्रतिभाको विकासका लागि कोशेढुङ्गा साबित भएको छ । क्रिकेटप्रतिको चाखलाई सामाजिक कार्यसँग जोडका छौँ र स्रोत आवश्यक रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू प्रदान गरिनेछ । १९ खेलसम्मका यात्रामा चौकाको योगदान गर्ने प्रत्येक खेलाडीलाई बधाई तथा धन्यवाद दिन चाहन्छौँ र बाँकी खेलहरू अझै उत्साहजन हुने र थप चौकाहरू सहित अझै बढी शैक्षिक सामग्रीहरूको योगदान बढ्ने कुरामा हामी विश्वस्त छौँ,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एण्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।

नेपाली समुदायहरूसँग गहिरो सम्बन्ध राख्नेमध्येको एक खेल क्रिकेट भएकाले यो पहलले खेलमा रोमाञ्चकता थपेका छ । यसले सहयोग र स्रोत बढी आवश्यकता भएकाहरूसम्म आवश्यक सहयोग पुगाउन मद्दत गर्दछ ।

एनसेल फाउन्डेसनले एनपीएलका खेलहरू सकिएपछि क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा शैक्षिक सामग्रीहरूको वितरण गर्नेछ । सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरूसम्म यी सामाग्रीहरू पुगाउनका लागि एनसेलले कर्मयोग फाउन्डेसनसँग सहकार्य गरेको छ ।

नेपालको आफ्नै घरेलु क्रिकेट प्रतिभाहरूको निर्माणमा गर्न एनपीएलले सहयोग पुगाउएको छ । एनपीएलका लागि एनसेलको साझेदारी र प्रत्येक चौका वापत ४ वटा शैक्षिक सामग्रीको वितरण कम्पनीको ‘हामी तपाईंकै लागि’ भन्ने थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरूप रहेको छ । एनसेल फाउन्डेसन महत्त्वपूर्ण सामाजिक आवश्यकताहरू पूरा गर्न प्रभावकारी पहल मार्फत समुदायहरूको समृद्धिमा योगदान पुगाउन प्रतिबद्ध रहेको छ ।

Logo