पोखराविरुद्ध १३ ओभरमा ९१ रन बनाएर खेल्दै विराटनगर

पोखराविरुद्ध १३ ओभरमा ९१ रन बनाएर खेल्दै विराटनगर

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार बिहानको खेलको १३ औँ ओभरको समाप्तिमा विराटनगरले चार विकेट गुमाएको छ ।

पोखराका सागर ढकालको बलमा विराटनगरका ओपनर न्युजिल्याण्डका मार्टिन गप्टिल पाँच रन बनाएर आउट भए ।

त्यसैगरी दोस्रो विकेटको रूपमा आक्रामक ब्याट्सम्यान लोकेश बम आउट भए । रेमन रेफको बलमा लोकेश क्याच आउट भएका हुन् । १६ बल खेलेका लोकेशले दुई चौका र दुई छक्काको मद्दतमा २६ रन बनाएका थिए ।

तेस्रो विकेटका रूपमा विराटनगरका नरेन भट्ट आउट भए । दिनेश खरेलको बलमा भट्ट सागर ढकालबाट क्याच आउट भएका हुन् । विराटनगर अहिले ४ विकेटको क्षतिमा ९१ रन बनाएर खेलिरहेको छ ।

Logo