काठमाडाैं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेसँगै जनकपुर लिग चरणको अन्तिम खेलअघि नै प्लेअफमा पुग्ने पक्का भएको हो। यो जितसँगै जनकपुरको ६ खेलबाट १० अंक भएको छ । उसले अझै एक खेल खेल्न बाँकी छ । काठमान्डुले दिएको १०२ रनको लक्ष्य जनकपुरले १६ औं ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
जनकपुरका लागि जेम्स निशामले २७ र हर्ष ठाकेरले अविजित २५ रनको योगदान गरे । त्यसअघि लाहिरु मिलान्था १६ र कप्तान अनिल साह ११ रनमा आउट भएका थिए । काठमान्डुका लागि करण केसीले २ तथा साहब आलम र दीपेश कंडेलले १–१ विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको काठमान्डु १९.१ ओभरमा १०१ रन बनाएर अलआउट भएको थियो । हारपछि पनि काठमान्डुको प्लेअफ सम्भावना अझैं बाँकी नै रहेकाे छ ।































प्रतिक्रिया