बसिरको अर्धशतकमा विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

बसिरको अर्धशतकमा विराटनगरले चितवनलाई दियो १८२ रनको लक्ष्य

केन्द्रबिन्दु
48
Shares

काठमाडौं । बसिर अहमदको अर्धशतकमा विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजलाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जित्दै ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको हो ।

विराटनगरका लागि बसिर अहमदले सानदार अर्धशतकीय इनिङ खेले । ४४ बल खेलेका उनी ४ चौका र ४ छक्काको मदतमा ६८ रन बनाउँदै अविजित रहे । यसैगरी राजेशपुलामी मगरले २० बलमा ३ छक्का प्रहार गर्दै ३३ रन जोडे ।

त्यसअघि खराब सुरुवात गरेको विराटनगरलाई ओपनर मार्टिन गप्टिल र बसिरको साझेदारीले उकासेको थियो । पहिलो ओभरमै २ विकेट गुमाएको थियो । ओपनर लोकेश बम शून्यमै आउट हुँदा दिपक बोहरा ४ रनमा पवेलियन फर्किएका थिए । उनीहरुको विकेट रिजन ढकालले लिएका हुन् । त्यसपछि निकोलश किर्तोन र स्कट एडवार्ड्स पनि सस्तैमा समेटिए । जब बसिर क्रिजमा आए र विराटनगरले रनको वर्षा गर्न थाल्यो । गप्टिल र बसिरबीच पाँचौं विकेटका लागि ६५ रनको साझेदारी भएको थियो ।

त्यसपछि छैठौं ओभरका लागि बसिर र मगरले ८३ रनको साझेदारी गरे । विराटनगरले पछिल्लो ५ ओभरमा ७४ रन बनाएको थियाे।

बलिङतर्फ चितवनका लागि रिजन ढकालले २ विकेट लिँदा बसिल हमिद, कुशल ल्ल र सोहेल तन्भिरले समान १ विकेट लिए ।

Logo