काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध काठमाडौँ गुर्खाजले टस जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौँका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका छन् ।
यस खेलमा विजयी हुने टोलीको प्लेअफ प्रवेशको सम्भावना बलियो रहने छ । पराजित हुने टोलीको पनि अंक गणितीय सम्भावना कायमै रहनेछ ।
बिहीवार विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको टोलीमा पोखराको टोलीमा ३ परिवर्तन भएको छ । विराटनगरविरुद्ध खेलेका किरण ठगुन्ना, तृतराज दास र जेन मल्लिक बेन्चमा रहँदा आकर्षित गोमिलले एनपिएल डेब्यु गरेका छन् । पोखराका लागि दिलिप नाथ र आकाश चन्द टिममा फर्किएका छन् ।





























प्रतिक्रिया