टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै काठमाडौँ

टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै काठमाडौँ

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले विराटनगर किङ्ग्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् ।

दुवै टोलीको यो समूह चरणको अन्तिम खेल हो। यसअघिका छ खेलमध्ये काठमाडौँ तीन खेलमा विजयी भएको छ। विराटनगर किङ्ग्सले छमध्ये दुई खेल मात्र जितेको छ।

प्लेअफको सम्भावना कायम राख्न काठमाडौँलाई यस खेलमा ठूलो जीत आवश्यक छ । यस खेलमा पराजित भएमा काठमाडौँ लिग चरणबाटै बाहिरिनेछ । विराटनगर भने लिगबाट बाहिरिसकेको छ ।

Logo