सूदुरपश्चिमको कसिलो बलिङअघि निरिह बन्दै कर्णाली, १० ओभरमै गुमायो ४ विकेट

सूदुरपश्चिमको कसिलो बलिङअघि निरिह बन्दै कर्णाली, १० ओभरमै गुमायो ४ विकेट

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । नेपाल प्रिमियर लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्ध टस जित्दै पहिले बलिङ गरेको सूदुरपश्चिम रोयल्सले १० ओभरमा ४ विकेट लिँदै ४७ रन दिएको छ ।

कर्णालीले ४ विकेट गुमाउने क्रममा देव खनाल, बाबर हयात, रित गौतम र चाडविक वाल्टनलाई गुमाएको छ ।

अहिले कर्णाली सूदुरपश्चिमविरुद्ध १३ ओभरमा ४ विकेट गुमाउँदै ६७ रन बनाएर खेलिरहेको छ । यो खेल सकिएसँगै लिगको प्लेअफ पुग्ने, प्लेअफ क्वालिफायर र एलिमिनेटर टिमको टुंगो लाग्नेछ। सुदूरपश्चिम र कर्णालीको खेलसँगै प्लेअफ पुग्ने चार टोली र शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्नेसँगै एलिमिनेटर टिमको टुंगो लाग्नेछ।

जनकपुर, सुदूरपश्चिम र चितवनले प्लेअफ पुग्ने निश्चित भए पनि कर्णाली र काठमाडौंमध्ये कुन टिम प्लेअफमा पुग्ने भन्ने निश्चित भइसकेको छैन।

Logo