सुदूरपश्चिम रोयल्ससँग हारे पनि कर्णाली प्ले अफमा, काठमाडौं बाहिरियो

सुदूरपश्चिम रोयल्ससँग हारे पनि कर्णाली प्ले अफमा, काठमाडौं बाहिरियो

केन्द्रबिन्दु
159
Shares

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अब क्वालिफायर खेल्ने भएको छ । सोमबार टियु क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्समाथि ६ विकेटको सानदार जित दर्ता गर्दै सुदूरपश्चिमले शीर्ष स्थान पक्का गरेको हो । अब उसले क्वालिफायर खेल्ने छ । यता कर्णाली पनि हारका बाबजुद प्ले अफमा पुगेको छ ।

योसँगै एनपिएलको प्लेअफमा पुग्नै चार वटै टोलीको टुंगो लागेको छ । १० अंक रहेको जनकपुर बोल्ट्ससँगै आठ अंक जोडेको चितवन राइनोज पनि यसअघि नै प्लेअफमा पुगिसकेका छन् । सुदूरपश्चिमको यो जितले काठमाडौं गुर्खाज भने एनपीएलबाट बाहिरिएको छ । सुदूरपश्चिमले १२‍‍.२ ओभरमा कर्णालीमाथि जित हासिल गरेको भए काठमाडौं शीर्ष चारमा रहेर प्लेअफ पुग्ने समीकरण थियो । तर, सुदूरपश्चिमले उक्त ओभरमा जित निकाल्न नसकेपछि कर्णाली रनरेटमा काठमाडौंलाई पछि पार्दै प्लेअफमा पुग्न सफल भएको हो।

लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो । अब सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले पहिलो क्वालिफायर खेल्ने छन् भने चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् ।

आज कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा मात्र ४ विकेट गुमाएर गूरा गर्न सफल भयो । सुदूरपश्चिमका लागि इसान पाण्डेले अविजित ३८ रनको योगदान गरे । ३६ बल खेलेका उनले ४ चौका प्रहार गरे । यता कप्तान दीपेन्द्रसिंह ऐरीले पनि २९ बलमा ४ चौका र एक छक्काको मदतमा समान ३८ रन जोडे । सुदूरपश्चिमको सुरुवाती राम्रो हुन सकेन । उसले सैफ जैबले ११ रन, विनोद भण्डारी ४ रन तथा ब्राण्डन म्याकमुलन ३ रनमा आउट भएका थिए ।

कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान १ विकेट लिए ।

त्यसअघिद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित ओभरमा नौ विकेट गुमाएर १०१ रन बनाएको थियो । टोलीको कुल स्कोर ५० रन पुग्नु अगावै कर्णाली याक्सले आफ्नो महत्त्वपूर्ण चार विकेट गुमाइसकेको थियो ।

कर्णाली याक्सका लागि छैटौँ नम्बरमा क्रिज समाल्न आएका जिसन मक्सुदले सर्वाधिक ३० रनको योगदान गरे । उनले ३५ बलको सामना गरी चार चौका पनि हिर्काए । टोलीका ओपनर ब्याट्सम्यान बाबर हायात भने नौ बलमा तीन चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए ।

बलिङतर्फ सुदूरपश्चिमका लागि हर्मित सिंहले ३ विकेट लिँदा कप्तान दीपेन्द्र र कुग्गेलेइनले समान २ तथा सेफ अली जेब र हर्मित सिंहले समान १ विकेट लिए ।

Skip This
Skip This
Logo