मंसिर १५ गतेदेखि सुरु भएको नेपाली क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग(एनपीएल)को समूहचरण सकिएसँगै शिर्ष ४ टोली प्लेअफमा प्रवेश गरेका छन् । २१ दिन चल्ने एनपीएलले अब उत्तरार्धमा आईपुग्दा शिर्ष ४ मा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सलाई पाएको हो ।
अहिलेसम्मको अंकतालिकाको अवस्था हेर्ने हो भने सुदूरपश्चिम १२ अंकका साथ शिर्ष स्थान ओगट्दै उत्कृष्ट ४ मा स्थान बनाई रहदा अर्कोतफ जनकपुर पनि १० अंकका साथ दोस्रो हुँदै उत्कृष्ट ४ मा स्थान बनाई सकेको छ । यसैगरी चितवन र कर्णाली याक्सले पनि समान ८–८ अंकका साथ तेस्रो र चौथो स्थान ओगट्दा समान ८ अंक बोकेको काठमाडौं गुर्खाज भने रनरेटमा पछि पर्दा समुह चरणबाटै बाहिरिएको छ ।
अब पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्नेछन् भने तेस्रो र चौथो भएका चितवन र कर्णाली इलिमिनेटर राउण्डमा भिड्नेछन् । बुधबार विहान इलिमिनेटर र दिउँसो पहिलो क्वालिफायर सुरु हुनेछ । पहिलो क्वालिफायर जित्ने टोलीले सिधै फाइनल प्रवेश पाउने छ भने हार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ । यता इलिमिनेटर जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली सिधै बाहिरिनेछ ।
तर आजको रिपोर्टमा हामीले शिर्ष ४ मा जाने टोलीका बारेमा होईन समग्र प्रतियोगिताको सुहचरणमा ८ वटै टोलीका मार्की खेलाडीहरुले कस्तो प्रदर्शन गरे भनेर समग्र खेलअवधिभरको खेललाई विश्लेषण गरेका छौं ।
दीपेन्द्रसिंह ऐरी, सुदूरपश्चिम रोयल्स
सुरुमा चर्चा गरौं, सुदूरपश्चिम रोयल्सका मार्की प्लेयर दीपेन्द्रसिंह ऐरीको । जारी एनपिएलको समूहचरणको अन्तिम खेलअघिसम्म यदि कुनै मार्कि प्लेयर सबैभन्दा सफल छ भने ती हुन् दीपेन्द्रसिंह ऐरी । प्रतियोगितामा एक खेल मात्र हारेको सुदूरपश्चिमले दीपेन्द्रको कप्तानीमा प्रतियोगिताकै सबैभन्दा बलियो टोलीका रुपमा हेरिएको जनकपुरलाई लज्जास्पद हार चखाउँदै उपाधिमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरिसकेको छ ।
पहिलो खेलमा विराटनगरलाई ९० रनले पराजित गर्दै सुदूरपश्चिमले सुखद सुरुआत गर्दा दीपेन्द्रले शानदार प्रदर्शन गरेका थिए । उनले पहिलो खेलमै अर्ध शतककिय पारी खेलेर आफ्नो बलियो उपस्थिती देखाएका थिए । दीपेन्द्रले विराटनगरविरुद्ध तीन चौका र पाँच छक्काको मद्दतमा ५७ रन बनाएका थिए । त्यसैगरी बलिङतर्फ भने दीपेन्द्रले एक विकेट पनि लिन सकेनन् ।
अब कुरा गरौं दोस्रो खेलको दीपेन्द्रको सूदुरपश्चिमले आफ्नो दोस्रो खेल काठमाडौं गुर्खाजविरुद्ध खेलेको थियो उक्त खेल सूदुरपश्चिमले ७३ रनले जितेको थियो । जहाँ दीपेन्द्रले २ छक्का र ३ चौंकाको साथमा ४३ रन बनाएका थिए । दोस्रो खेलमा पनि दीपेन्द्रले एक विकेट पनि लिन सकेनन् ।
यसैगरी तेस्रो खेल सूदुरपश्चिमले लुम्बिनी लायन्सविरुद्ध खेलेको थियो । तेस्रो खेलमा पनि सूदुरपश्चिम लुम्बिनीविरुद्ध ४५ रनले विजयी भएको थियो । जहाँ दीपेन्द्रले अविजित रहँदै २ छक्का र ४ चौंकाको साथमा ३९ रन बनाए । तेस्रो खेलमा पनि दीपेन्द्र विकेट विहिन नै रहे ।
चौंथो खेलमा भने दीपेन्द्रको कप्तानीले कुनै काम नगर्दा सूदुरपश्चिम चितवन राइनोजविरुद्ध ३३ रनको हार व्यहोर्न पुगेको थियो । चितवनविरुद्ध दीपेन्द्रले १ रन मात्र बनाउन सके भने बलिङतर्फ पनि दिपेन्द्रले १ विकेट मात्र लिएका थिए ।
जनकपुर बोल्ट्सविरुद्ध दीपेन्द्रको सुदूरपश्चिमले ऐतिहासिक खेल खेल्दै ७२ रनले विजयी भएको थियो । दीपेन्द्रको कप्तानी जनकपुरविरुद्ध यति बलियो थियो कि सूदुरपश्चिमले जनकपुरलाई ५१ रनमै अल आउट गरेर एनपीएल इतिहासमै सबैभन्दा कम रनमा रोक्ने किर्तिमानी आफ्नो नाममा लेख्न सफल भएको थियो । उक्त खेलमा दीपेन्द्रले एक रन बनाउन नसके पनि २ विकेट भने लिन भ्याएका थिए ।
यसैगरी पोखराविरुद्धको खेल सुदूरपश्चिमले निकै रोमाञ्चकका साथ जितेको थियो । खेल सुदूरपश्चिमले ५ रनले जित्दा कप्तान दीपेन्द्रले २० रन बनाएता पनि यस पटक पनि विकेट विहिन नै रहे । सोमबार समूहको अन्तिम तथा सातौं खेल खेलेको सुदूरपश्चिमले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित गर्ने क्रममा कप्तान तथा मार्की प्लेयर दिपेन्द्र सिंह ऐरि एक्लैले बिष्फोटक ३८ रन बनाउनुका साथैं २ विकेट पनि लिन सफल भए । दिपेन्द्रले समग्र समूह चरणमा ६ विकेट लिनुका साथैं १९८ रन बनाउँदै टोलीलाई शिर्ष स्थानमा पुर्याएका छन् ।
आसिफ शेख, जनकपुर बोल्ट्स
अब चर्चा गरौं, जनकपुर बोल्ट्सका मार्की आसिफ शेखको । समग्र प्रतियोगितामा २ खेल मात्र हारेको आसिफको जनकपुर समूहचरणमा पनि १० अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
एनपीएलको उद्घाटन खेल खेल्दै प्रतियोगिताको सुरुवात गरेको जनकपुरले विराटनगर किङ्ग्सलाई ८ विकेटले हराएको थियो । तर, पहिलो खेलमा आशिफ शेखको प्रदर्शन खासै गतिलो भने भएन । उनी शून्य रनमै पभेलियन फर्किएका थिए । यसैगरी जनकपुरले आफ्नो दोस्रो खेलमा कर्णाली याक्सलाई ८ विकेटले नै हराएको थियो । दोस्रो खेलमा आसिफले ३६ रन बनाउँदै सानदार प्रदर्शन गरेका थिए ।
यसैगरी आशिफको जनकपुरले तेस्रो खेल पोखरा एभेन्जर्सविरुद्ध खेलेको थियो । तेस्रो खेल जनकपुरले १७ बल अगावै ७ विकेटले जित्दै बलियो दावेदारी प्रस्तुत गर्दा आशिफले ३ चौकाको मद्दतमा ३३ रन बनाएका थिए । चौथौं खेल आशिफको जनकपुरले लुम्बिनी लायन्सविरुद्ध खेलेको थियो ।
यो खेल जित्न जनकपुरका लागि ढुंगा चपाए सरह नै भएको थियो । लुम्बिनीविरुद्ध १ रनको विजयी निकाल्दा मार्की प्लेयर आशिफले १६ रन बनाएका थिए । पाँचौं खेल जनकपुरले सूदुरपश्चिमविरुद्ध खेलेको थियो । अघिल्ला खेलहरुमा बलियो प्रदर्शनी गर्दै आएको आशिफको जनकपुर सूदुरपश्चिमविरुद्ध भने कुनै पनि समय खुलेर खेल्नै सकेन ।
सूदुरपश्चिमविरुद्ध १२३ रनको झिनो विजयी लक्ष्यका साथ मैदान उत्रिएको जनकपुर ५१ रनमै अलआउट हुँदै प्रतियोगितामा पहिलो हार मात्रै व्यहोरेन एनपीएलमै सबैभन्दा कम रनमा अल आउट हुने खराब रेकर्ड आफ्नो नाममा लेखाएको थियो । सूदुरपश्चिमविरुद्ध आशिफले ६ रन मात्र बनाउन सकेको थियो ।
अब कुरा गरौं छैटौं खेल अर्थात काठमाडौं गोर्खाजविरुद्धको खेलको, उक्त खेल जनकपुरले २५ बल बाँकी छँदै ५ विकेटले जित्दै जितको लय समात्नै लाग्दा सातौं खेलमा चितवन राइनोजविरुद्ध ३२ रनले हार व्यहोरेको थियो । छैटौं खेलमा आशिफले २ रन मात्र बनाउँदा सातौं तथा समुहचरणको अन्तिम खेलमा २३ रन बनाउन सफल भएका थिए । आशिफले समुहचरणमा समग्रमा ११४ रन मात्र बनाउँदै जनकपुरलाई दोस्रो स्थानमा पुर्याउन सफल भएका छन् ।
कुशल मल्ल, चितवन राइनोज
नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य कुशल मल्ल मार्की प्लेयर रहेको चितवन राइनोज पनि ८ अंकका साथ शीर्ष ४ मा स्थान बनाउन सफल भइसकेको छ । चितवनले आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै प्रतियोगिताको सुरुआट गरेको थियो, जहाँ मार्की प्लेयर कुशल मल्लले ११ रन बनाउनुका साथै १ विकेट लिन पनि सफल भएका थिए । यसैगरी कुशल मल्लको चितवनले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलो अन्तरले हराउन सफल भएको थियो ।
कप्तान कुशल मल्लले पोखराविरुद्ध ३८ रनको योगदान दिएता पनि विकेट भने लिन सकेनन् । यस्तै चितवनले तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो । जहाँ कुशल मल्लले चितवनका लागि २३ रन बनाउनुका साथै १ विकेट लिन पनि सफल भएका थिए । अघिल्लो खेलमा कर्णालीसँग हारेको कुशल मल्लको चितवनले चौथो खेलमा प्रतियोगिताकै बलियो टोली सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराउँदै आफू कोही भन्दा कमजोर नभएको प्रमाणित गरेको थियो ।
उक्त खेलमा कुशल मल्लको १३ रन बनाउनुका साथै २ विकेट पनि लिन सफल भएका थिए । अघिल्लो खेलमा सूदुरपश्चिमलाई हराउँदै हौसिएको चितवन पाँचौं खेलमा लुम्बिनी लायन्सविरुद्ध भने ३३ रनले पराजित भएको थियो ।
लुम्बिनीविरुद्ध हार व्यहोरे पनि कप्तान कुशल मल्लले २० रन बनाउनुका साथै १ विकेट लिएका थिए । अघिल्लो खेलमा हार व्यहोरेको चितवनले छैटौं खेलमा पनि विराटनगर किंग्सविरुद्ध ५१ रनले हारेको थियो । विराटनगरविरुद्ध कुशल मल्लले १ विकेट लिनुका साथैं २५ रन बनाउँदा पनि टोलीलाई हारबाट जोगाउन भने सकेनन् । यसैगरी कुशल मल्लको चितवनले आफ्नो समुहको अन्तिम खेलमा बलियो जनकपुरलाई ३२ रनले रोकेको थियो ।
उपाधिको दाबेदार जनकपुरलाई चितवनले १८० रनको विजयी टार्गेट दिएर १४८ रनमै अलआउट गर्दै प्रतियोगिताकै दुई बलियो टोली सूदुरपश्चिम र जनकपुरलाई हराउने एक मात्र टोली बन्यो ।
कुशल एक्लैले बिष्फोटक पारी खैल्दै ७२ रन बनाउनुका साथै २ विकेट पनि लिएका थिए । कुशलले समग्र समूहचरण अन्तर्गत २०२ रन बनाए भने ८ विकेट पनि लिन सफल भएका थिए । कुशलको यहि धुँवादार प्रदर्शनीका कारण नै चितवन शीर्ष ४ मा अटाउन सफल भएको हो भन्दा फरक नपर्ला !
सोमपाल कामी, कर्णाली याक्स
जारी एनपिएलमा ४ खेलमा जित र ३ खेलमा हार ब्यहोरेको सोमपाल कामीको कर्णाली याक्सलाई लक्की टोली नै मान्नुपर्छ । काठमाडौं गुर्खाजसँग ८–८ अंकका साथ अंक तालिकामा बराबरी भएता पनि रनरेटका आधारमा अघि बढेको कर्णालीले काठमाडौंलाई पछार्दै अघि बढेको हो ।
समूहचरणको अघिल्ला दुई खेलमा खासै राम्रो प्रदर्शन गर्न नसकेको कर्णालीले दुवै खेलमा हार ब्यहोरेको थियो । पहिलो खेलमा कर्णाली जनकपुरसँग ८ विकेटले पराजित हुँदा मार्की खेलाडी सोमपाल कामीको प्रदर्शन सन्तोषजनक नै रहेको थियो । उनले १३ बलमा एक छक्का र तीन चौका प्रहार गर्दै २९ रनको योगदान दिएका थिए । तर, बलिङतर्फ भने जम्न सकेनन् । यस्तै दोस्रो खेलमा कर्णाली याक्स काठमाडौँ गोर्खाजसँग तीन विकेटले पराजित हुँदा सोमपालले ब्याटिङ नगरेता पनि काठमाडौँविरुद्ध १ विकेट भने लिन सफल भएका थिए ।
यसैगरी तेस्रो खेलमा कर्णालीले पहिलो जितका रुपमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै प्रतियोगितामा आफ्नो बलियो हुँकार प्रस्तुत गरेको थियो । उक्त खेलमा सोमपालले १ विकेट मात्र लिएका थिए । यसैगरी चौथो खेलमा कर्णालीले विराटनगरलाई ७ रनले हराउँदै शिर्ष ४ का लागि आशा जिवित नै राख्दा कप्तान तथा मार्की सोमपालले यो खेलमा १ विकेट लिन सफल भएता पनि शुन्य रनमै आउट भएका थिए ।
पाँचौं खेलमा पोखरा एभेन्जर्सलाई ३० बल अगावै ७ विकेटले पराजित गरेको कर्णालीले उक्त खेलमा सोमपालले एक विकेट मात्र लिन सफल भएका थिए । अब कुरा गरौं छैटौं खेलको कर्णालीले छैटौं खेलमा लुम्बिनी लायन्सलाई सनसनीपूर्ण ५ रनमा हराएको थियो । निकै रोमाञ्चक उक्त खेलमा पनि कप्तान सोमपालले एक विकेट लिनुका साथैं ७ रन बनाएका थिए ।
अब कुरा गरौं समूहको अन्तिम तथा सातऔं खेलको सोमबार भएको उक्त खेलमा सूदुरपश्चिम रोयल्सले कर्णालीलाई ६ विकेटले पराजित गर्दै १२ अंकका साथ शिर्ष टोली बन्दा अर्कोतर्फ कर्णाली पनि रनरेटका आधारमा शिर्ष ४ मा स्थान पक्का गरेको छ । सातऔं खेलमा सोमपालले ११ रन बनाएर एक विकेट लिए । यसरी हेर्दा सोमपालले समग्र समूहचरणमा ६ मात्र लिएर मध्यम स्तरको प्रदर्शन गरे ।
करण केसी, काठमाडौं गुर्खाज
जारी एनपिएलको समूहचरणबाटै बाहिरिसकेको टोली हो काठमाडौं गुर्खाज । समग्र प्रतियोगिमा ४ खेलमा जित र ३ खेलमा हार ब्यहोरेको काठमाडौंका मार्की खेलाडी करण केसी हुन् ।
काठमाडौंले विराटनगर किंग्स, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र कर्णाली याक्सविरुद्ध जित हात पार्दा जनकपुर , सूदुरपश्चिम र चितवनविरुद्ध भने हार ब्यहोरेका थिए । यस्तोमा मार्की खेलाडी करण केसीले लुम्बिनी र पोखरा बाहेक अन्य टोलीका विरुद्धमा खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
सन्दीप लामिछाने, विराटनगर किङ्ग्स
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको विराटनगर किङ्ग्स पनि एनपीएलबाट बाहिरिसकेको छ । सन्दीपको नेतृत्वको रहेको विराटनगरले जारी एनपिएलमा ५ खेलमा हार र २ खेलमा मात्र जित निकाल्न सक्यो । विराटनगरले जारी प्रतियोगितामा विराटनगर र चितवनविरुद्ध मात्र जित निकाल्दा जनकपुर, सूदुरपश्चिम, लुम्बिनी लायन्स र कर्णाली याक्स र काठमाडौंविरुद्ध हार ब्यहोर्यो । अर्कोतर्फ मार्की खेलाडी सन्दीपले पनि समग्र प्रतियोगितामा ६ विकेट मात्र लिन सके जहाँ विराटनगरविरुद्ध ३ विकेट लिनु नै सन्दीपका लागि सर्वाधिक रह्यो ।
कुशल भुर्तेल, पोखरा एभेन्जर्स
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर समेत रहेका कुशल भुर्तेलका लागि एनपिएल नाइट मेयर सावित भयो । ७ खेल मध्ये ५ खेलमा हार र २ खेलमा मात्रै जित हात पारेको पोखराका लागि कुशलको प्रदर्शन खासै राम्रो भने हुन सकेन । आफ्नो पहिलो खेलमा चितवन राइनोजविरूद्ध ब्याटिङतर्फ उनी पहिलो बलमै आउट हुन पुगेका थिए ।
चितवनसँगको खेलमा बलिङतर्फ पनि एक ओभरमै १० रन खर्चिएका थिए । तर, खेलमा उनले तीन वटा क्याच भने समातेका थिए ।
दोस्रो खेलमा पनि जनकपुर बोल्ट्सविरूद्ध उनी चल्न सकेनन्। उनी जनकपुरविरूद्ध ६ बलमा एकचौका प्रहार गर्दै ६ रन मात्रै बनाएर आउट हुन पुगे। बलिङतर्फ पनि दुई दशमलव एक ओभरमा १८ रन खर्चिदैँ एक विकेट मात्रै हात पारे। तेस्रो खेलमा भने पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हरायो। यो खेलमा कप्तान भुर्तेलले बलिङ गरेनन्। ओपनर दुई खेलाडी एन्ड्रिज गौस र दिनेश खरेलले अविजित रहदैँ खेल जितेपछि भुर्तेललाई ब्याटिङ गर्नुपरेन।
चौथो खेलमा पोखरा कर्णाली याक्ससँग ७ विकेटले पराजित भयो । यो खेलमा भुर्तेलले पोखराको लागि १० रन मात्रै बनाए । उनले ११ बलमा एक छक्काको मद्दतले १० रन मात्रै बनाए । यद्यपि, बलिङतर्फ एक ओभरमा १४ रन खर्चिएर एक विकेट भने हात पारे । आफ्नो पाचौँ खेलमा पोखराले विराटनगर किङ्ग्सलाई सुपरओभरमा हराएको थियो। यो खेलमा कुशलको ब्याट मैदानमा केही समय टिक्यो। कुशलले ब्याटिङतर्फ विराटनगरविरूद्ध ३१ रन जोडे। बलिङतर्फ पनि ४ ओभरमा ३२ रन खर्चिएर एक विकेट हात पारे। छैठौँं खेलमा पोखरा काठमाडौँसँग स्तब्ध बन्यो। काठमाडौँले पोखरालाई ६ विकेटले हरायो। यो खेलमा पनि कुशलको प्रदर्शन निराशाजनक नै रह्यो।
कुशलले काठमाडौंविरूद्ध ब्याटिङतर्फ १० बलमा ७ रन बनाएर आउट भए। बलिङतर्फ एक विकेट पनि झार्न सकेनन्। तर, २ ओभर बलिङ गरेका भुर्तेलले १२ रनमात्रै खर्चिए। एनपिएलको लिग चरणको आफ्नो सातौँ अर्थात् अन्तिम खेलमा पनि भुर्तेलको ब्याट चल्नै सकेन् । सुदूरपश्चिम रोयल्सले उक्त खेलमा पोखरालाई ५ रनले हरायो । सुदूरपश्चिम रोयल्सविरूद्ध भुर्तेल ब्याटिङतर्फ शून्य रनमै आउट भए । तर, बलिङतर्फ भने २ विकेट हात पारे । ४ ओभर बलिङ गरेका भुर्तेलले २७ रन भने खर्चिए ।
जारी एनपिएलका ७ वटा खेलबाट पोखराका कप्तान भुर्तेलले कूल ५४ रन बनाएका छन् । उनले उच्च स्कोर ३१ छ, जुन उनले विराटनगरविरूद्ध बनाएका थिए । जारी एनपिएलमा भुर्तेलले दुई छक्का र चार चौका प्रहार गरेका छन् । एनपिएलमा उनले कूल पाँच विकेट आफ्नो नाममा दर्ता गरेका छन्,भने एक सय १३ रन खर्चिएका छन् ।
रोहितकुमार पौडेल, लुम्बिनी लायन्स
अन्तिममा कुरा गरौं, लुम्बिनी लायन्सका रोहितकुमार पौडेलको । एनपिएलको समूहचरणमा सबैभन्दा अन्तिममा रहेको टोली हो लुम्बिनी लायन्स । राष्ट्रिय टोलीका कप्तान तथा लुम्बिनीका मार्की खेलाडी रोहितकुमार पौडेलको कप्तानीमा एनपीएलमा होमिएको लुम्बिनीले चितवन राइनोज बाहेक अन्य कुनै पनि टोलीविरुद्ध जित हात पार्न सकेन ।
प्रतियोगिताभर रोहित पौडेलकै काधँमा लुम्बिनी घुमेको थियो भन्दा फरक नपर्ला ! एक्लो खम्बाका रुपमा कहिले ब्याटिङ त कहिले बलिङमार्फत टोलीलाई अघि सारेका रोहितलाई कहिल्यै पनि टोलीले साथ नदिँदा प्रतियोगिताकै सबैभन्दा पुछारमा रहँदै प्रतियोगिता टुङ्ग्याउन बाध्य भयो ।
समग्र प्रतियोगितामा २७९ रन बनाएका रोहित प्रतियोगिताकै सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् भने बलिङतर्फ पनि उनले ८ विकेट लिएका छन् ।































प्रतिक्रिया