विनोद भण्डारीले जनकपुरविरुद्ध हाने अर्धशतक

विनोद भण्डारीले जनकपुरविरुद्ध हाने अर्धशतक

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित टियु मैदानमा जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमका ओपनर भण्डारीले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् । सो क्रममा उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

हाल सुदूरपश्चिमले एक विकेटको क्षतिमा १०७ रन बनाइसकेको छ । यसअघि पहिलो विकेटका रुपमा सुदूरपश्चिमका ओपनर जेश जैब ३२ रनमा आउट भएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरे । उनको विकेट किशोर महत्तोले लिएका हुन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन जोडेको थियो । आज जनकपुरका लागि जिमी निशमले सर्वाधिक ४५ रनको योगदान गरे । २३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । राम्रो सुरुवात गर्न नसकेको जनकपुरका लागि यो इनिङ निकै महत्वपूर्ण बन्यो ।

नियमित कप्तान अनिल साह उपलब्ध नभएको खेलमा आज आशिफ शेखले कप्तानी सम्हालेका थिए । उनले १० बलमा ११ रन मात्रै जोडे । यसैगरी शुभ कंसाकारले २६ रन जोड्दा हर्ष ठाकर १२ रन, अरनिको यादवले ११ रन जोडे ।

बलिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । साथै शेफ जैबले २ विकेट लिँदा स्कट कुग्गलेलिन र अविनाश बोहोराको नाममा समान एकएक रह्यो ।

लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । यो खेलमा विजयी हुने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोलीले फाइनलका लागि कर्णाली याक्ससँग खेल्नेछ ।

Logo