काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सको पाँचौं विकेट पतन भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको एक सय १९ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले ११.६ ओभरमा ५८ रन बनाउँदा हर्ष ठाकरलाई गुमाएको हो । उनी २६ बल खेल्दै १७ रन बनाएर आउट भए । त्यसअघि ओपनर शुभ कंसाकार ६ बलमा ३ रन जोडेर आउट हुँदा कप्तान आशिफ शेख ४ रन तथा लाहिरु मिलान्था २ रनमै समेटिएका थिए ।































प्रतिक्रिया