काठमाडौँ । हङकङ्गको यू १९ टिमलाई नेपाली यू १९ टिमले २६६ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टिम ४९.१ ओभरमा २६५ रनमा अलआउट भयो ।
नेपालका लागि तीन जनाले अर्धशतकीय पारी खेलेका छन् । सूर्यांशु कोइरालाले सर्वाधिक ६३ रन जोडे भने सन्तोष यादवले ५३ र अभिषेक तिवारीले ५६ रन बनाए ।
यस्तै, नरेन भट्टले ३६ रन बनाए भने सोहिल कुँवरले १३ तथा राजेश बोहराले ११ र निरज यादवले ७ रन जोडे ।





























प्रतिक्रिया