लेस्टर सिटीलाई हराउँदै लिभरपुलले बनायो शीर्ष स्थानमा अग्रता

लेस्टर सिटीलाई हराउँदै लिभरपुलले बनायो शीर्ष स्थानमा अग्रता

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति एन्फिल्डमा भएको खेलमा लिभरपुलले लेस्टर सिटी विरुद्ध ३–१ को जीत निकालेको छ ।

लिभरपुलको घरेलु मैदानमा एनफिल्डमा भएको खेलमा जोर्डन आयुले छैटौं मिनेटमै गोल गर्दै लेस्टर सिटीलाई अग्रता दिलाए पनि लिभरपुलले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ ।

पहिलो हाफको इन्जुरी टाइममा कोडी गाक्पोले लिभरपुलका लागि बराबरी गोल फर्काए । लिभरपुलको जीतमा कोडी गाक्पो, कर्टिस जोन्स र मोहम्मद सलाहले गोल गरे।

घरेलु मैदानमा छैटौं मिनेटमै लिभरपुलले गोल खाएको थियो। स्टेफी एल्भारो मविडिडीको पासमा जोर्डन आयुले गोल गरेका थिए।

दोस्रो हाफको ४९ मिनेटमा कर्टिस जोन्सले गोल गरेर लिभरपुललाई अग्रता दिलाए। ८२ मिनेटमा मोहम्मद सलाहले गरेको गोल निर्णायक बनेपछि लिभरपुलले घरेलु मैदानमा जित हात पारेको हो।

जीतसँगै शीर्ष स्थानमा लिभरपुलले ७ अंकको अग्रता लिएको छ। उसले १७ खेलबाट ४२ अंक बनाउँदा १८ खेल खेलेको चेल्सी ३५ अंकका साथ दोस्रो स्थानमा छ।

Logo