मोन्टी देसाई मुख्य प्रशिक्षकबाट हट्दै

मोन्टी देसाई मुख्य प्रशिक्षकबाट हट्दै

केन्द्रबिन्दु
414
Shares

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकबाट मोन्टी देसाई बिदा हुने भएका छन् । देसाईको सम्झौता नहुने भएसँगै उनी बिदा हुने भएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले देसाईलाई बिदा गर्ने तयारी गरेको छ । उनको दुई वर्षको सम्झौता सकिएपश्चात् क्यानले सम्झौता नवीकरण नगर्ने बताइएको छ ।

देसाई २०७९ माघमा मासिक १५ हजार डलर पारिश्रमिक र अन्य सुविधा पाउने गरी प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । देसाई २ वर्षदेखि नेपाली टिमको मुख्य प्रशिक्षक छन् । त्यसअघि उनले सन् २०१७ मा नेपालको यू–१९ टिमको ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका थिए ।

Skip This
Skip This
Logo