काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले हाम्रो खेलकुदको नीति हेर्दा जति राम्रो भएपनि त्यसको कार्यान्वयन भने फितलो रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित प्रजातन्त्रवादी खेलाडी तथा खेलप्रेमीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नीतिमा व्यवस्था गरिए अनुसारको खेलक्षेत्रमा बजेट भने नछुट्याइएको गुनासो गरे । केही वर्षदेखि सामाजिक उत्तरदायीत्वमा खेलकुदलाई नराखिएको भन्दै उनले खेलकुदलाई सामाजिक उत्तरदायीत्वमा राख्न आवश्यक रहेका बताए ।
उनले भने,‘हाम्रो खेलकुदको नीति हेर्ने हो भने धेरै नै राम्रो छ । प्रत्येक वार्डमा एउटा खेलकुदको फिल्ड हुनुपर्ने प्रत्येक गाउँपालिकामा हुनुपर्ने नीतिमा आएको थियो । तर त्यस अनुसार बजेट आएको छैन् । विद्यालय स्तरमा सबैभन्दा बढी बजेट हुनुपर्ने हो । राष्ट्रपति कप भनेर हुन्थ्यो पहिला तर अहिले त्यो पनि छैन । पहिले सामाजिक उत्तरदायीत्वमा खेलकुद परेको थियो । तर केही वर्षदेखि सामाजिक उत्तरदायीत्वमा खेलकुदलाई राखिएको छैन् । पहल त भइरहेको छ खेलकुदलाई सामाजिक उत्तरदायीत्वमा राख्न सक्यौं भने धेरै रोजगारी बढ्ने हुन्छ ।’































प्रतिक्रिया