थाइल्याण्डमा जारी टी–२० महिला स्म्यास क्रिकेटमा नेपाल समूह विजेता बनेको छ। यो जितसंगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपालको जितमा नेरी थापा ५ तथा डोली भट्ट २ रनमा नट आउट रहे । यस्तै ममता कुमारी चौधरी ८ रन बनाएर आउट भइन् । टस जिति पहिला ब्याटिङ गरेको थाइल्याण्डले १५ दशमलब ४ ओभरमा १९ रन बनाएको हो ।थाइल्याण्डका लागि थानचोनक फोपुलुक सर्वाधिक ४ रनमा नटआउट रहँदा वार्ली सेनसङले ३ तथा मनातासेवै जेटोले २ रन बनाइन् ।
सेमिफाइनलमा स्थान बनाइसकेको नेपालले थाइल्याण्डलाई १९ रनमा रोक्दा नेपाली बलरहरु आरती विडारीले ३ तथा इन्दु बर्मा र सरिता मगरले दुई दुई विकेट लिँदा रुवीना क्षेत्री, सिता रानामगर र सोनु खड्काले एक एक विकेट लिए ।
यसैगरी समान अंक भए पनि रन रेटमा पछि पर्दै युएई पनि सेमिफाइनलमा स्थान बनाएको छ ।





























प्रतिक्रिया