थाइल्याण्ड जारी महिला टी-२० स्मास क्रिकेटमा नेपालले लगातार तेश्रो जित हात पारेको छ । सोमबार भएको खेलमा युएइलाई ६ विकेटले हराउँदैं लगातार तेस्रो जित दर्ता गराएको हो ।
यो संगै नेपाल महिला टी–२० स्म्यासको सेमिफाइनलमा प्रवेश गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो । राम्रो सुरुवात गरेको युएईले ३५ रन बनाउदा पहिलो विकेट गुमायो । उनकी ओपनर इशा ओजा २८ रनमा आउट भइन । त्यसपछि सुभा बेन्काटारामन मात्र दुई रनमा पेभेलियन फर्किदा नेपालले दोस्रो विकेट लियो ।
युएईको स्कोर ५२ रन हुँदा तेस्रो विकेट झर्यो । उसकी कभिशा कुमारी ५ रनमा पेभेलियन फर्किइन । बलियो ब्याटिङ गरेको युएईले ९१ रन बनाउँदा चौथो विकेट खेर फाल्यो । उसकी चायाँ मुघल ३१ रनमा आउट भइन । त्यसपछि ९५ रन बनाउदा नेपालले युएईको पाँचौ विकेट लियो । सरिता मगरले इसानीलाई मात्र एक रनमा रनआउट गरिन ।
यस्तै रुवीनमा क्षेत्रीले हुमीरा तास्निमलाई तीन रनमा आउट गर्दा उसले ९९ रनमा ६ विकेट गुमायो । युएईका लागि चामानी सिनीभिरत्नेले अविजीत २३ रन बनाइन । बलिङमा नेपालका लागि सिता रानामगर, सोनु खड्का र करुणा भण्डारीले एक एक विकेट लिइन् ।
जवाफमा नेपालले १९ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उत्कृष्ट सुरुवात गरेको नेपालले पहिलो विकेटकालागि ६१ रनको साझेदारी गर्न सफल भयो । तर सिता रानामगर ३७ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो ।
त्यसपछि डोली भट्ट मात्र सात रनमा पेभेलियन फर्किदा नेपालको स्कोरबोर्डमा ७० रन थियो । काजल श्रेष्ठ पनि २५ रनमा आउट भएपछि नेपालले ८५ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि इन्दु बर्मा पनि १३ रनमा एलबीडब्लु धरापमा पर्दा नेपालले ८८ रनमा चौथो विकेट गुमायो । अन्तिममा नेपालका लागि रुवीना क्षेत्रीले नौ र नेरी थापाले ६ रन बनाइन् ।





























प्रतिक्रिया