काठमाडौँ । सिजनभर खराब प्रदर्शन गरिरहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको शीर्षमा रहेको लिभरपुललाई बराबरीमा रोकेको छ । लिगको शीर्ष टोली लिभरपुललाई म्यान्चेस्टर युनाइटेडले २–२ को बराबरीमा रोकेको हो ।
अमाड डेल्लोले ८० औँ मिनेटमा बराबरी गोल गर्दै युनाइटेडलाई अंक दिलाएका हुन् । लिसान्द्रो मार्टिनेजले ५२ औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाएका थिए । त्यसको ७ मिनेटपछि लिभरपुलका कोडी गाक्पोले बराबरी गोल गरे । खेलको ७० औँ मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अघि बढाए ।
८० औंँ मिनेटमा डेल्लोले टोलीका लागि अर्को गोल गरे । १९ खेलमा लिभरपुलको ४६ अंक छ । २० खेलमा २३ अंकसहित युनाइटेड १३ औँ स्थानमा छ।































प्रतिक्रिया