एक महिलाले बलात्कार आरोप लगाएपछि रोनाल्डोको डीएनए परीक्षण गरिदैं

एक महिलाले बलात्कार आरोप लगाएपछि रोनाल्डोको डीएनए परीक्षण गरिदैं

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोमाथि प्रहरीले डीएनए नमूनाका लागि वारेन्ट जारी गरेको छ ।

युभेन्टसका स्ट्राइकर समेत रहेका रोनाल्डोमाथि एक अमेरिकी महिलाले बलात्कार गरेको आरोप लगाएपछि अनुसन्धानको लागि लागि लस भेगास प्रहरीले डीएनएको नमूना माग गरेको हो ।

३३ वर्षका रोनाल्डोका वकिल पिटर एस क्रिष्टएनसनले प्रहरीले गरेको माग अति उत्कृष्ट रहेको बताएका छन् ।

अमेरिकी एक पूर्वमोडल क्याथरिन मायोर्गाले सन् २००९ मा आफूमाथि बलात्कार भएको भन्दै रोनाल्डोमाथि उजुरी दिएकी थिइन् । तर रोनाल्डोले आरोप झूटो भएको बताउँदैं आएका छन् ।

Logo