पञ्जाब किंग्सको कप्तानमा श्रेयस अय्यर नियुक्त

पञ्जाब किंग्सको कप्तानमा श्रेयस अय्यर नियुक्त

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । पञ्जाब किंग्सले श्रेयस अय्यरलाई नयाँ कप्तानमा नियुक्त गरेको घोषणा गरेको छ । दिल्ली क्यापिटल्सको कप्तानी समेत गरेका श्रेयसलाई आईपीएल फ्रेन्चाइजी पञ्जाब किंग्सले आइतबार कप्तान नियुक्त गरेको हो ।

श्रेयसलाई पञ्जाबले गत नोभेम्बरमा साउदी अरेबियमा भएको मेगा लिलामीमा २६.७५ करोड भारुमा किनेको थियो । उनी आईपीएलको दोस्रो महँगो खेलाडी हुन् ।

श्रेयसले आफ्नो कप्तानीमा खेलेका ७० आईपीएल खेलमा ३८ खेल जितेका छन् भने २९ खेलमा हार बेहोरेका छन् । साथै २ खेल बराबरी भएको छ भने एक खेल नतिजाविहीन छ । श्रेयसको विजयी प्रतिशत ५४.२८ रहेको छ ।

आईपीएलको नयाँ सिजन मार्च २१ बाट सुरु हुँदै छ । यस सिजनको उद्घाटन खेल कोलकातामा हुनेछ । यससँगै प्रतियोगिताको फाइनल पनि २५ मेमा हुनेछ ।

Logo