बंगलादेश प्रिमियर लिग बिपीएलमा सन्दिपको टिम सिलेट सिक्सर्सले चिटगोङ भिकिंग्स विरुद्ध १ सय ६९ रनको लक्ष्य दिएको छ ।
ढाकामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिलेटले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ६८ रन बनायो । पहिलो खेलमा ४ विकेटको हार ब्यहोरेको सिलेटले आज पनि सुरुवात राम्रो गर्न सकेन । खाता खोल्न नपाउदै पहिलो विकेट लिएको उसले ६ रन बनाउदा तीन विकेट खेर फालेको थियो ।
तर तेस्रो विकेटका लागि कप्तान डेविड वार्नर र अफिफ हुसेन विच ७१ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । जसमा हुसेन ब्यक्तिगत ४५ रनमा आउट भए । चौथो विकेटका लागि फेरी वार्नर र निकोलस पुरनले पाँचौ विकेटका लागि ७० रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । जसमा वार्नरले ५९ रनको योगदान गरे । उनले ४७ बलमा दुई चौका र एक छक्का प्रहार गरे । यस्तै पुरनले पनि अर्धसतक बनाए । उनले ३२ बलमा ५२ रन बनाए । जसमा तीन चौका र तीन छक्का हिर्काए ।
बंगलादेश प्रिमियर लिगमा सन्दिपले लगातार दोस्रो खेल खेल्ने भएका छन । बिग बास लिग विचमा छोडेर बंगलादेश प्रिमियर लिग खेल्न आएका सन्दिपले पहिलो खेलमा दुई महत्वपुर्ण विकेट लिएका थिए ।































प्रतिक्रिया