काठमाडौँ । नेपाल र अमेरिकाले आज अभ्यास खेल खेल्दै छन् । आईसीसी यू १९ महिला टी२० विश्वकपको तयारी स्वरूप नेपालले बुधबार दोस्रो अभ्यास खेल खेल्न लागेको हो ।
खेल नेपाली समय अनुसार बिहान ८ः१५ बजेदेखि मलेसियाको क्वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा हुनेछ । पहिलो अभ्यास खेलमा नेपाल वेष्टइन्डिजसँग ९ रनले पराजित भएको थियो ।
नेपाली टोलीमा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसाकुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरणकुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा र अनु कडायत छन् ।





























प्रतिक्रिया