बंगलादेशविरुद्ध नेपाल संकटमा

बंगलादेशविरुद्ध नेपाल संकटमा

केन्द्रबिन्दु
96
Shares

काठमाडौं । आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले बंगलादेशविरुद्ध खराब ब्याटिङ गरेको छ ।

मलेसियाको बांगीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले विकेटको पतन भइरहँदा यता रनको खडेरी लागेको छ । १२ ओभरको समाप्तिको खेलमा नेपालले मात्रै ३५ रन जोडेर ५ विकेट गुमाइसकेको छ । सम्हालिएर ब्याटिङ गरिरहेकी ब्याटर सना १९ रनमा आउट भएकी हुन् ।

नेपालकी कप्तान पूजा महतो १८ बलमा २ रन बनाएर आउट भइन् । उनी रन आउट भएकी हुन् । यसअघि ओपनर सावित्री धामी ६ बलमा १ रन बनाएर आउट भएकी थिइन् ।

नेपालले विश्वकपमा पहिलो पटक सहभागिता जनाएको हो ।

Logo