काठमाडौं । आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल बंगलादेशविरुद्ध झिनो लक्ष्यमै समेटिएको छ ।
मलेसियाको बांगीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा मात्र ५२ रन जोड्दा अलआउट हुन पुग्यो । नेपालका लागि ओपनर साना प्रविनले सर्वाधिक १९ रन बनाउनुको बाहेक अन्य खेलाडीले राम्राे खेल्न सकेनन् ।
सुरुवात नै खराब गरेको नेपालका लागि कप्तान पूजा महतो १८ बलमा २ रन बनाएर आउट भइन् । ओपनर सावित्री धामी ६ बलमा १ रन बनाएर आउट हुँदा सिमाना केसीले १० रन जोडिन् ।
बलिङतर्फ बंगलादेशका जनाथन माओलाले २ विकेट लिँदा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरकाे हातमा समान १ विकेट रह्याे ।
नेपालले विश्वकपमा पहिलो पटक सहभागिता जनाएको हो ।





























प्रतिक्रिया